memarmika.blogspot.com
Me: March 2011
http://memarmika.blogspot.com/2011_03_01_archive.html
Thursday, March 24, 2011. लात सहेर बस्दिन. युगौ-युग अँध्यारो रात सहेर बस्दिन. जानि- जानि हानेको लात सहेर बस्दिन. दुनियाले नबुझे नि मैले देखेकी छु. देखि-देखि गरेको घात सहेर बस्दिन. संघर्षमा यात्रा सफल हुन्छ एकदिन. गरिरहेको उल्टो बात सहेर बस्दिन. मान्छे भित्र मानवियता हेर न! ओइलाएको पात झै सहेर बस्दिन. मंजु मार्मिका. Subscribe to: Posts (Atom). मंजु मार्मिका. कवयत्री, गीतकार. View my complete profile. लात सहेर बस्दिन. संजालहरु. साहित्य सागर. सलाम बिहानी. विपल वसन्त. अलग अभियान. अलग अभियान.
memarmika.blogspot.com
Me: November 2012
http://memarmika.blogspot.com/2012_11_01_archive.html
Sunday, November 11, 2012. क्यानभास जस्तै मेरो देश. एउटा बृहत प्रर्दशनी कक्षमा. झुण्ड्याइएको छ उस्तै गरी. एउटा विशाल क्यानभास. न पोतिएका छन त्यहाँ कुनै रङ्ग. न बनेका छन कुनै तस्विर. मात्र एउटा विशाल खाली. क्यान्भास झुन्ड्याइएको छ. राखेर खाली क्यानभास. त्यही तमासा हेर्न लामबद्ध छन्. मानिसका हुल. पोत्न नसकिएका रङ्गहरु. छरपष्ट छन वरिपरि. प्रर्दशनी कक्षमा प्रर्दशन भइरहेछ. एउटा विशाल क्यानभासको ।. कहिले पश्चिमे हावाको झोक्काले. पूर्वतिर पुर्याउन खोज्छ. एक पटक छोएर जान्छन्. समयको आधिसँगै. विपल वसन्त.
memarmika.blogspot.com
Me: February 2011
http://memarmika.blogspot.com/2011_02_01_archive.html
Thursday, February 24, 2011. आरोपहरु रोप तिमी. आरोपहरु रोप तिमी सहन म जति सक्छु. नसकेको दिन फेरि अघि बढ्न पनि सक्छु. विधुवाको. अझै गुम्सियर. यहि यात्रा पुरा गर्न बढन म अधि सक्छु. नारीहरुकै गीत लेख्छु मातृत्वको बदलामा. कल्पनामा मात्र हैन यथार्थमा पनि पुग्छु. म पनि आकाश ओढी धर्ती ओच्छ्याउँछु. संघर्ष मै जीवन खोज्दै सामु धर्ती झुक्छु. मंजु मार्मिका. Subscribe to: Posts (Atom). मंजु मार्मिका. कवयत्री, गीतकार. View my complete profile. आरोपहरु रोप तिमी. संजालहरु. साहित्य सागर. विपल वसन्त. अलग अभियान.
memarmika.blogspot.com
Me: October 2013
http://memarmika.blogspot.com/2013_10_01_archive.html
Thursday, October 24, 2013. ब्युझियोस् नमुना गाउँ. मेरो नमुना गाउँमा. भोकको नमुना छ. गरिबी र अभावको. शोषण र उत्पिडनको. आन्धविश्वासको सर्बोत्कृष्ट नमुना. बाहिरबाट हेर्दा बत्ती नभएकोले. अध्यारो देखिन्छ. सडक नपुगेकोले. टाढा भनिन्छ. बत्तिको अध्यारो भन्दा. धेरै छ यहाँ चेतनाको अध्यारो. न पानी छ, न स्वास्थ्य सेवा. जे नहुनु प¥थ्यो त्यही छ. अथाह गरिबी छ. भोकमरी छ. महामारी छ. धामी छन, झाक्री छन. थुप्रै देउथान छन्. मान्छेले जीवन त्यागछन. एक पुरिया जीवनजलको अभावमा. खबरको विषय बन्न सक्छ. Labels: कविता. बिहì...
memarmika.blogspot.com
Me: September 2010
http://memarmika.blogspot.com/2010_09_01_archive.html
Tuesday, September 21, 2010. पृथक मनहरु. पृथक मनहरु. माजु मार्मिका. मन भित्रको संवेदनामा. आगो बलिरहेको छ. हरेक पलपलमा. आगोका ज्वालाहरु पिइरहन्छन. प्रत्येक क्षणक्षणमा. हरितालिका. साच्चै तीज भएर आउनु छ भने. शान्तिको राको बालेर आउ. पिडाको आघातले फुटन. बाँकी मुटुहरुलाई जोगाउन. भोका पेटहरुको. भोक भेटाउन. न कि दामसिएका पेटहरुलाई. झनै बसाउन. चुहाउदैछन मोतिका दाना. दिनरात बर्षिन्छन आफसेआफ. चट्टानको चुहावटसरी भिरहरुमा. कसरी टिप्न सक्छन र. अह टिप्न सकेनन अझैपनि. नच्याप यी मनहरुलाई. झरर्नु छ अझै तल. मृत्...
memarmika.blogspot.com
Me: July 2011
http://memarmika.blogspot.com/2011_07_01_archive.html
Saturday, July 9, 2011. तिमीलाई कुरिरहेछु. सुनौलो बिहानीको गाथा गाउँदै. सदभावको घडा सजाएर. अन्धकार रातमा. तिमी हराएकी थियौ. वषौ पुरानो भइसक्यो समय. इतिहासको कालखण्डमा खुशी भएथेँ. एउटी निडर छोरी जन्माएछु भनेर. उहिल्यैदेखि. अनवरत सुस्काइरहेका सुस्केराहरु. पोको पारेर हराएको त्यो. अँध्यारो रात डरलाग्दो थियो. घोडाको टापले थिचे जस्तै गरी. थिचिएका भावनाहरुलाई. कुम्लो पारेर न्यानो अँगालोमा. हावाहुरी चलेको रातमा. तिमी हराएकी थियौ. छोरी हराउँदा खुशी हुने. एउटी आमा तिम्री म. साटेर रगत र पसिना. विपल वसन्त.
memarmika.blogspot.com
Me: January 2012
http://memarmika.blogspot.com/2012_01_01_archive.html
Tuesday, January 3, 2012. गज्जबका दिनहरु झुल्किन्छन. वसन्त आएपछि बोटहरुमा पालुवा निस्कन्छन्. नाङ्गा रुखका कङ्गालहरुमा लुगा भरिन्छन्. गज्जबका दिनहरु झुल्किन्छन आजभोलि. कसरी उम्रन्छन दिनहरु बिहानीमा. र कसरी मर्छन गोधुलीमा. हामीलाई सोध. हाम्रा आँखाहरु रोपिन्छन. बिहानीसँगै र बिझाउछन् दिनरात भरी. किनकी हामी हिड्ने बाटाभरी. सधै होली खेलिन्छ ।. घुम्ने लागेको बाख्राको शिर झै. मन त्यसै त्यसै घुम्छ. घरै अगाडि परेका खाल्टाहरु देखेर. ती कहिल्यै पुरिएनन्. वसन्त आएर जान लाग्यो. Labels: कविता. Subscribe to: Posts (Atom).
memarmika.blogspot.com
Me: January 2014
http://memarmika.blogspot.com/2014_01_01_archive.html
Friday, January 24, 2014. आमाको मन. अति कोमल भयो मन. बर्सिदिन्छन आँशु. तिमी डुल्दै परदेशमा. म कसरी हाँसु. बच्चा सबै हुर्केपछि. उडिजान्छन टाढा. माउ बस्छन गुड रुगी. माया बन्छ गाढा. एउटा उड्यो गुँड छोडि. चिरबिर गर्दै. अर्को जान्छ छेवैबाट. टुलुटुलु हेर्दै. एक एक गर्दै जाँदा जादै. गुड भयो रित्तै. छितिज हेरी बसेकी छु. फर्कि आउनु छिट्टै. मंजु मार्मिका. Subscribe to: Posts (Atom). मंजु मार्मिका. कवयत्री, गीतकार. View my complete profile. आमाको मन. संजालहरु. साहित्य सागर. सलाम बिहानी. विपल वसन्त.
memarmika.blogspot.com
Me: December 2009
http://memarmika.blogspot.com/2009_12_01_archive.html
Tuesday, December 29, 2009. जान्छौ किन अरु सामु. जान्छौ किन अरु सामु पसारेर हातहरु. गर्छौ किन जानीजानी नारीमाथि घातहरु. धिक्कार छ तिमीलाई मेरो पनि अझै. बीउ किन नछरेर खोज्छौ पातहरु. नारीभित्र भेट्छौ खोज सिर्जनाका मूलहरु. बर्षाउछौ किन तिनलाई बेवास्ताका खातहरु. हिरा-मोती फलाउछौ छरी हाम्रा पसिना. दिनमात्र हैन अनि उज्यालिन्छन् रातहरु. मंजु मार्मिका. Wednesday, December 2, 2009. सम्झना साथै सलाम छ. जेलनेल सहदै भोकतिर्खा खपेर. मंजु मार्मिका. Subscribe to: Posts (Atom). कवयत्री, गीतकार. View my complete profile.
memarmika.blogspot.com
Me: January 2010
http://memarmika.blogspot.com/2010_01_01_archive.html
Thursday, January 21, 2010. गर्छ र को वास्ता. गर्छ र को वास्ता बस्ने बास नहुनेको. भन्छन् अझै सानो-ठूलो जात नहुनेको. कस्तो हुन्छ राम्रो-मीठो त्यसै जुनी बित्छ. मोल मोलाइ हुन्छ सम्पत्तिको रास नहुनेको. पौडी खेल्छन् पसिनाको अझै दिनरात. आधा पेट पाए हुन्थ्यो गाँस नहुनेको. नभएता भेदभाव छुवाछुतको यहाँ. अधिकारको दाम्लो आफ्नै साथ नहुनेको. सगै बसी सबैसँग ढिडो खान पाए. फर्किन्थ्यो कि केही खुसी आश नहुनेको. मंजु मार्मिका. Monday, January 11, 2010. मेरा गाउँलेहरु. यहि छन जीवन. यही छन दुःख अभाव. Labels: कविता. सलाम...